डुवेको अवस्माथा भेटियो ५०० वर्ष पुरानो मन्दिर – Kanika Khabar
Saturday, May 30Nepali News Portal

डुवेको अवस्माथा भेटियो ५०० वर्ष पुरानो मन्दिर

    मा प्रकाशित

कनिका डेस्क
जेठ ३२, दाङ ।

ओडिशाको रिभर उपत्यकामा अवस्थित पुरातात्वयिक सम्पदाहरुको अभिलेखिकरा परियोजनाको नेतृत्व गरिरहेका विज्ञले त्यहाँको महाननदीमा डुवेको अवस्थामा एउटा पुरानो मन्दिर फेला परेको जनाएका छन् ।

करिव ५०० वर्ष पुरानो मानिएको ६० फिटको मन्दिर, उक्त परियोजनाको एउटा कार्य गर्दैगर्दा, भर्खर पत्ता लागेको ओडिशा स्थित इन्डियन नेश्नल ट्रस्ट फर आर्ट एंड कल्चरल हेरिटेजका परियोजना संयोजक अनिल धीरले बताएका हुन्। कटकको पद्मावती क्षेत्रको बैदेस्वर नजिकैको नदीमा मन्दिर भेटिएको जानकारी संयोजक धीरले आज गराएका हुन् ।

मन्दिरको मस्ताकको निर्माण शैली र प्रयोग गरिएका निर्माण सामग्रीकोलाई आधार मान्दा मन्दिर १५औँ शताब्दीको अन्त्य वा १६औं शताब्दीको शुरुमा निर्माण गरिएको अनुमान गरिएको साथै मन्दिरको स्थान परिवर्तन र पुनस्र्थापनाको लागि चाढै नै कदम चालिने जानकारी समेत धीरले गराए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्