‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा चर्च ब्वाइजको विजयी सुरुवात – Kanika Khabar
Thursday, May 16Nepali News Portal

‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा चर्च ब्वाइजको विजयी सुरुवात

    मा प्रकाशित

सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा चर्च ब्वाइज क्लबले विजयी सुरुवात गरेको छ।एन्फा कप्लेक्स सातदोबाटोमा आज भएको खेलमा टुसाल युथ क्लबलाई ५–२ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले सुखद सुरुवात गरेको हो ।

चर्च ब्वाइजको जितमा आशिष चापागाईले ह्याट्रिक गर्नुभयोे ।जितसँगै ब्वाइजले ३ अङ्क जोडेको छ । आजै भएको अर्को खेलमा श्री कुमारी क्लब र नयाँ बस्ती युथ क्लबले बराबरी खेल्दै अङ्क बाडेका छन् ।

एन्फ कप्लेक्समै भएको खेलमा श्री कुमारी र नयाँ बस्तीले २–२ गोलको बराबरी खेलेका हुन् ।बराबरीसँगै आफ्नो पहिलो खेलमा नयाँ बस्ती र श्री कुमारीले १–१ अङ्क जोडेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्