मा प्रकाशित
चैत्र १७, दाङ ।
सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
बैठकमा स्थानीय तह निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
स्थानीय तहको चुनावमा आवश्यकता अनुसार तालमेल गर्ने निर्णय गरेको काँग्रेसले आज गठबन्धनको बैठक बोलाएको हो ।
यसअघि गत मङ्गलबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले गठबन्धनमा आवद्ध दलहरुसँग तालमेल गर्ने निर्णय गरेको थियो।