नेपालमा ३० हजार कोरोना संक्रमित हुने स्वास्थ्य मन्त्रालयको नयाँ प्रक्षेपण – Kanika Khabar
Tuesday, August 25Nepali News Portal

नेपालमा ३० हजार कोरोना संक्रमित हुने स्वास्थ्य मन्त्रालयको नयाँ प्रक्षेपण

    मा प्रकाशित

कनिका संवाददाता
असार ६, काठमाडौं
स्वास्थ्य मन्त्रालयले नेपालमा ३० हजार कोरोना संक्रमित हुने नयाँ प्रक्षेपण गरेको छ । उक्त प्रक्षेपण बमोजिम स्वास्थ्य सेवा विभागले सामाग्री खरिदको प्रक्रिया अघि बढाएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
३० हजार संक्रमितका लागि के कसरी जाने भनेर तयारी गरिरहेको स्वास्थ्य मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले बताउनुभयो । भोलिसम्म ३० हजार संक्रमितका लागि कसरी स्रोत जुटाउने भनेर अघि बढ्ने उहाँले बताउनुभयो ।
मन्त्रलायले पहिलो चरणमा पाँच हजार, दोस्रो चरणमा १५ संक्रमित हुने प्रक्षेपण गरेको थियो भने आज गरेको तेस्रोमा भने ३० हजार संक्रमित हुने प्रक्षेपण गरेको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्