कोरोना सङ्क्रमण पुष्टि भएपछि आत्मविश्वासका साथ वडाध्यक्षको सन्देश – Kanika Khabar
Thursday, June 25Nepali News Portal

कोरोना सङ्क्रमण पुष्टि भएपछि आत्मविश्वासका साथ वडाध्यक्षको सन्देश

    मा प्रकाशित

कनिका खबर

असार ९, दाङ ।

साेमबार दाङमा एक वडाध्यक्षसहित १३ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ ।अहिलेसम्म काेराेनाकाे सङ्क्रमण देखिएकाहरू सार्वजनिक हुन नचाहेकाे बेला घाेराही उपमहानगरपालिका वडा नं.२ का वडाध्यक्ष केशव आचार्यले सामाजिक सञ्जाल मार्फत आत्मविश्वास अभिव्यक्त गरेका छन् ।

उनी लेख्छन् :

सम्पूर्णलाई नमस्ते। म केशब आचार्य ( घोराही उप महानगर पालिका वडा न. २ को अध्यक्ष ) विश्व कोरोना महामारीका कारण आक्रान्त बनिरहेको बेला हाम्रो मुलुकमा पनि रोजगारीका लागि भारत जानुभएका थुप्रै नेपाली दाजुभाइहरु भित्रिनु भएको छ।आफ्नो बल,बुता र सामर्थ्यले भ्याएसम्म रातदिन खटिए पनि २४ गतेको PCR प्रबिधिबाट स्वाब संकलन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठानले १६ दिन पछि कोरोना पुष्टि गरेको सबैमा जानकारी गराउन चाहान्छु।

सङ्घर्षकाे युद्धभुमिबाट पराजित नभएर महासङ्ग्राममा होमिएको म पहिलो उपमहानगर पालिका को वडा अध्यक्ष हुँ।मलाई आशा छ मैले यो युद्द जितिसकेको छु।कुनै पनि लक्षणहरु देखापरेको छैन। तसर्थ अब कोरोनासँग भागेर होइन लडेर युद्द जितिन्छ।हरेस नखाउ,खानपिन मा अलि कियर भयौँ भने हामी स्वास्थ रहने छाैँ ।

काम गर्दा,मिलाउँदा कोही कसैमा पर्न गएको दु:खप्रति नमन गर्दछु।सहयोगी सम्पूर्णलाई धन्यबाद र असहयोग गर्ने सम्पूर्णलाई पनि धन्यबाद दिन्छु।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्