दाङ, १७ साउन ।
एमाले महासचिव शंकर पोख्रेल बुधवार दाङ आउने भएका छन् । नेकपा एमाले नगर कमिटीले आयोजना गरेको प्रशिक्षणलाई सम्बोधन गर्न महासचिव पोख्रेल दाङ आउन लागेका हुन् ।
बुधवार एमाले घोराही नगर कमिटी र तुलसीपुर नगर कमिटीले आयोजना गरेको प्रशिक्षणमा महासचिव पोख्रेलले समसामयिक अवस्था र पार्टीको कार्यदिशाका बारेमा कार्यकर्तालाई प्रशिक्षित गर्ने कार्यक्रम छ ।
साथै साउन १९ गते घोराहीमा बृहत भेला तथा पार्टी प्रवेश र २० र २१ गते पार्टीको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।