साउन २०, काठमाडौँ ।
आगामी निर्वाचनमा बाममोर्चा बनाएर सहभागी हुने बारेमा थप छलफल गर्न कम्युनिष्ट पार्टीहरूको बैठक आज बस्ने भएको छ ।
छलफलको तयारी भए पनि समय र स्थानअझैँ टुङ्गो नलागेको एक नेताले बताए । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टीबीच चुनाव केन्द्रीत मोर्चा बनाउने तयारी भएको छ ।
एकीकृत समाजवादी पार्टीले बाममोर्चा बनाएर चुनावमा जाने निर्णय हिजो गरे पनि अरु पार्टीहरूले निर्णय गरिसकेका छैनन् ।
बाममोर्चा र नेपाली काँग्रेस मिलेर आगामी प्रदेश र प्रतिनिधि सभाको चुनावमा जाने तयारी भएको छ । यस्तो अवस्थामा बाममोर्चाको छुट्टै र काँग्रेससहितको छुट्टै चुनावी घोषणापत्र लेख्नुपर्ने अनौपचारिक छलफल भइरहेको नेताहरूले बताएका छन् ।