कनिका खबर
असार १०, बाजुरा ।
बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराबाट बन्यजन्तुको छाला, हड्डी र पित्त सहित तीन जना पक्राउ परेका छन् । बडिमालिका नगरपालिका ५ का एक जना र त्रिबेणी नगरपालिका वडा नम्बर ६ र ७ का दुई जना पक्राउ परेका हुन् ।
उनीहरुलाई त्रिबेणी नगरपालिका ६ पन्धाराका लालबहादुर बुढाको घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दानबहादुर रोकायाले जानकारी दिए । लकडाउनको समयमा बन्यजन्तुको चोरी सिकारी बढेको जनगुनासोलाई प्रहरीले अनुसन्धान थालेको थियो ।
घर धनी त्रिबेणी नगरपालिका ६ का लालबहादुर बुढा फरार रहेका छन् भने त्रिबेणी नगरपालिका ६ पन्धाराका अन्दाजी ४० वर्षिया रामबहादुर अएडी, सोही ठाउँका २३ वर्षिया खगेन्द्र सड्का र बडिमालिका नगरपालिका ५ का बिर्ख साउदलाई प्रहरीले पक्राउ गरेको छ । लालबहादुर बुढाको घरबाट बाघको छाला २, घोरलको छाला २, रतुवाको छाला २, बिभिन्न जंगली जनावरका हड्डीहरू, भालुका पित्त लगायतका बस्तु पैठारी गर्ने गरेको गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ गरिएको बस्तु जिल्ला वन कार्यालयलाई बुझाउने र जिल्ला वन कार्यालयले वन ऐन अनुसार कानुनी कार्वाही गर्ने प्रहरीले जनाएको छ ।
मा प्रकाशित