विप्लव नेकपाको महाधिवेशन आजदेखि – Kanika Khabar
Monday, August 24Nepali News Portal

विप्लव नेकपाको महाधिवेशन आजदेखि

    मा प्रकाशित

असोज २४, दाङ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नवौँ राष्ट्रिय महाधिवेशन आजदेखि कपिलवस्तुको शिवगढीमा सुरु हुँदैछ ।

काठमाडौँमा हुने भनिएको महाधिवेसनको मिति र स्थान परिवर्तन गर्दै नेकपाले कपिलवस्तुमा महाधिवेशन गर्न लागेको हो । महाधिवेशनको उद्घाटन नेकपाका महासचिव विप्लवले मध्यान्ह् १२ बजे नवनिर्मित पार्टी केन्द्रीय कार्यालयमा गर्ने तयारी भएको नेताहरूले बताएका छन् ।

तीन वर्षअघि शान्ति प्रक्रियामा आएका नेकपाको पार्टी विभाजन भएपछि पहिलो पटक नयाँ रणनीति तय गर्न महाधिवेशन हुन लागेको हो । महाधिवेशनले आगामी मङ्सिरमा हुने निर्वाचनका वारेमा धारणा सार्वजनिक गर्ने जनाइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्