काठमाडौँ, १२ माघ ।
आत्मदाहबाट ज्यान गुमाएका प्रेमप्रसाद आचार्यलाई न्याय माग्दै युवाहरुले प्रदर्शन गरेका छन् ।
गत मङ्गलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आफैलाई आगो लगाएका इलामका आचार्यको उपचारको क्रममा हिजो कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो । उनले उठाएका विषयलाई सम्बोधन गर्न माग गर्दै युवाहरुले आज राजधानीको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध ¥याली निकालेका हुन्। उनीहरुले प्रेमप्रसादका २५ बुँदे माग पूरा गर्न माग गरेका छन् ।
प्रदर्शनमा सहभागीहरुले प्रेमप्रसादको मृत्युलाई ‘राज्यद्वारा गरिएको हत्या’का रुपमा प्रस्तुत गर्दै देशमै केही गर्छु भन्नु अवराध हो? भनेर सरकारलाई प्रश्न गरेका छन् ।
आत्मदाहअघि प्रेमप्रसादले फेसबुकमा लामो स्टाटस लेख्दै सरकारलालई विभिन्न सुझाव दिएका थिए । त्यसबारे अध्ययन गर्ने जिम्मा सरकारले गृह मन्त्रालयलाई दिएको छ ।