राजमार्ग क्षेत्रका होटल तथा रेष्टुरेण्टहरू पुनः सूचारु – Kanika Khabar
Thursday, April 16Nepali News Portal

राजमार्ग क्षेत्रका होटल तथा रेष्टुरेण्टहरू पुनः सूचारु

    मा प्रकाशित

कनिका संवाददाता
असार १८, धादिङ
विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाइरस (कोभिड १९) का कारण बन्द रहेका राजमार्ग क्षेत्रका होटल तथा रेष्टुरेण्टहरू पुनः सुचारु ह्ुन थालेका छन् । सरकारले जारी गरेको लकडाउनको तेस्रो महिनादेखि लामो दुरीका सवारी साधन बहेक अन्य सवारी साधन फाट्टाफुट्ट चल्न थालेपछि होटल तथा रेष्टेरेण्टहरू पुनः सञ्चालनमा आएको हो । अहिले व्यवसायीहरुले आफ्नो होटल परिसर भित्र सामाजिक दुरी कायम गरी सरसफाई गर्न थालेका छन् ।

सँगै यात्रु तथा सर्वसाधारणहरुलाई सेवा दिई रहेका छन् । करिब ३ महिनादेखि सुनसान भएका राजमार्गका होटलहरूमा अहिले केहीमात्रामा चलपहल देखिएको छ । धादिङको सिमाना मुग्लिङदेखि नौविसेसम्म करिब १४ सय साना तथा ठुला होटलहरू सञ्चालनमा छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्