मध्यपूर्वका मुलुक निकै खराब अवस्थामा पुगेकोप्रति विश्व स्वास्थ्य संगठनको चिन्ता व्यक्त – Kanika Khabar
Friday, May 1Nepali News Portal

मध्यपूर्वका मुलुक निकै खराब अवस्थामा पुगेकोप्रति विश्व स्वास्थ्य संगठनको चिन्ता व्यक्त

    मा प्रकाशित

कनिका डेस्क
असार १८, दाङ
विश्व स्वास्थ्य संगठन कोरोना भाइरस महामारीका कारण मध्यपूर्वका मुलुक निकै खराब अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

मध्यपूर्वका देशले कोरोना संकटलाई वेवास्ता गर्दै बन्दाबन्दीलाई खुकुलो बनाउँदै गएपछि त्यस क्षेत्रमा कोरोना महामारी खराब अवस्थामा पुगेको संगठनले नियमित जानकारीको क्रममा बताएको हो । संगठनले मोरक्कोदेखि पाकिस्तानसम्मका २२ मुलुकमा कोरोना संक्रमितको संख्या दश लाख नाघेको भन्दै अवस्था झन् भयावह हुन सक्ने चेतावनी दिएको छ ।

डब्ल्यूएचओका पूर्वी भूमध्यसागर क्षेत्रीय कार्यालयका प्रमुख अहमद अल मन्धारीले मध्यपूर्व क्षेत्रमा कोरोना संक्रमणका कारण मृत्यु भएकामध्ये ८० प्रतिशत पाँच मुलुक मिस्र, पाकिस्तान, ईरान, ईराक र सउदी अरबका रहेको बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्