आमाबुवाको सेवा गर्न सिकाउँदै सगरमाथा स्कुल – Kanika Khabar
Thursday, June 25Nepali News Portal

आमाबुवाको सेवा गर्न सिकाउँदै सगरमाथा स्कुल

    मा प्रकाशित

दाङ, १८ जेठ ।
बिश्वभरका आमाबुबाहरुलाई कदर गरौ” भन्ने अर्थका साथ यस वर्ष सगरमाथा स्कुलले उक्त दिवस मनाएको छ।
विद्यालयमा आयोजित कार्यक्रममा बिध्यार्थीहरु आफ्ना बा-आमाहरु जस्ले जन्माउनु भयो, हुर्काउनु भयो अनि यो अवस्था सम्म ल्याइपुर्याउनु भयो उहाहरुप्रति सधै भरि यसै गरि सम्मान, माया एबम खुवाउने सबैका सामु प्रतिबद्धता जनाउनुभयो ।
सुनिल जस्तै अन्य विद्यार्थीले पनि आफ्ना बा–आमाप्रति माया र स्नेह जगाउँदै थिए । दाङमै पहिलोपटक गरिएको कार्यक्रममा अभिभावकसहित विद्यार्थीको आँखाबाट भावुकतासँगै आँशु छल्किएको थियो । बिध्यार्थीहरुले आजको आफ्नो खाजा बा- आमाहरुलाई खुवाइरहेका थिए।
केही अभिभावक आफ्नो छोराछोरी, नाता–नातिनीले गरेको बाचाले भक्कानिँदै आँशु लुकाउन प्रयासरत देखिन्थे । यो सबै विद्यालयको कार्यक्रममा देखिएको दृश्य हो । तुलसीपुर ९ बेलुवा स्थित विद्यालयले विद्यार्थीलाई अभिभावकप्रतिको माया र दायित्ववोध गराउन ‘अभिभावक स्याहार–सुसार’ कार्यक्रम आयोजना गरेको हो ।
आँशुले टिलपिल भएको आँखा पुच्दै अभिभावक रुपा वलीले भन्नुभयो, “सधैँ यस्तै व्यवहार छोराछोरीले गरुन् भन्ने आशा छ । घरमा पनि सहयोग गर्छन् तर आज स्कुलले सिकाए जस्तै सधैँ गरिदिए हुन्थ्यो भन्ने लाग्छ ।” वलीले छोराछोरीको माया स्कुलको कार्यक्रममार्फत् महसुस गर्न पाउँदा खुसी लागेको अनुभव सुनाउनुभयो । वलीका छोरा ८ र ४ कक्षामा अध्यनरत छन।

अभिभावक गिता कडेलले यस्ता खालका अभियान र कार्यक्रमले मात्रै अभिभावकलाई वृद्धाश्रम जानबाट रोक्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेका छोराछोरी दायित्व भुलेर मात्र आमाबुवालाई आश्रम छाडेका छैनन् । हात–मुख जोड्न विदेश जानुपर्ने बाध्यताले पनि राखेका छन्, यो दुवै समस्याको अन्त्य हुनुपर्छ ।”

विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीले छोराछोरीले बिर्सिएको नेपाली संस्कार संस्कृति र जिम्मेवारी बुझाउनका लागि अभिभावक स्याहारसुसार कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।विद्यालयले दाङमा पहिलोपटक यस्तो कार्यक्रम आयोजना गरेको उहाँले बताउनुभयो । वृद्धाश्रमलाई घटाउने र आफ्नै घरमा भएको मीठो–मसिनो खाएर अभिभावकलाई सम्मानपूर्वक खुवाउने र स्यारसुसार गर्ने बनाउन स्कुलमा यो कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ। साथै वृद्ध आश्रममा बस्नु भएका अन्य बा- आमाहरु जस्ले अनेकौ दुख, कष्ट, रोदन,पिडा सहेर बस्नु भको छ उहाहरुले भोगेको जस्तो दुख आफ्ना बा- आमाहरुले भोग्न नपरोस, उनिहरुमा स्वदेशको माया पलावस, नेपाल आमा प्रति उनिहरुको माया श्रद्धा कहिलै कमि नहोस भनी बिधालयमा अध्यनरत बिध्यार्थीहरुलाई घोराही उपमहानगरपालिका तेरौटेमा रहेको वृद्ध आश्रममा अवलोकनको लागी पठाइएको छ। कार्यक्रमको सहजीकरण प्रोग्राम चिफ शरद शर्माले गर्नु भएको थियो।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्