पार्टी फुटबाट वचाउन केन्द्रिय कमिटी बैठकको माग गर्दै हस्ताक्षर संकलन – Kanika Khabar
Saturday, June 27Nepali News Portal

पार्टी फुटबाट वचाउन केन्द्रिय कमिटी बैठकको माग गर्दै हस्ताक्षर संकलन

    मा प्रकाशित

असार २१, काठमाडौं
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन सुरु भएको छ । अहिलेसम्म १०० बढी नेताले हस्ताक्षर गरिसकेको नेताहरूले बताएका छन् ।
नेकपामा स्थायी कमिटी बैठक चलिरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पद छाड्नुपर्ने माग गरेका छन् । तर ओलीले कुनै हालतमा दुवै पद नछाड्ने अडान लिएका छन् ।
विवाद बढ्दै गएपछि स्थायी कमिटी स्थगित गरेर नेताहरू छलफलमा जुटेका छन् । तर आइतबार अपराह्नसम्म कुनै सहमति जुट्न सकेको छैन ।
पार्टी विभाजनको खतरा बढ्दै गएपछि केन्द्रीय सदस्यहरूले हस्ताक्षर संकलन अभियान चलाएका हुन् । ‘नेकपामा कुनै विषयमा स्थायी कमिटीले निर्णय गरे पनि अनुमोदनका लागि केन्द्रीय कमिटी बोलाउनुपर्छ । निर्णय गर्न सकेन भने पनि केन्द्रीय कमिटीले छलफल गरेर निकास दिन सक्छ’ नेता ठाकुर गैरेले भने ।
पार्टी विभाजन कुनै पनि मूल्यमा केन्द्रीय कमिटीलाई स्वीकार्य नहुने भएकाले एकता कायम राख्न पनि हस्ताक्षर अभियान चलाइएको उनले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्