लागु औषधसहित दुई जना पक्राउ – Kanika Khabar
Friday, May 3Nepali News Portal

लागु औषधसहित दुई जना पक्राउ

    मा प्रकाशित

कनिका खबर
असार २३, सिरहा ।
लागु औषधसहित प्रहरीले सिरहाका छुट्टाछुटै स्थानबाट दुई युवकलाई पक्राउ गरेको छ ।

प्रहरीचौकी कचनारीबाट खटिएको प्रहरी टोलीले सिरहाको बरियारपट्टी गाउँपालिका–१ बडहरीबाट जिल्लाको सखुवानान्कारकट्टी गाउँपालिका–३ निवासी २८ वर्षीय कुष्णदेव यादवलाई पक्राउ गरेको छ ।
भारतीय बजारबाट पैदल आउँदै गरेका यादवलाई शङ्का लागेर जाँच गर्दा लागुऔषध डाइलेक्स डिसी १०० एमएलको ४७ बोतल बरामद भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

यसअघि सोमबार मात्रै घरमै लागुऔषध लुकाइछिपाइ राखेर बिक्री गर्दै आएको अवस्थामा प्रहरीले लागुऔषधसहित गोलबजार नगरपालिका–४ निवासी ४२ वर्षीय मनोजकुमार साहलाई पक्राउ गरेको छ ।

आफ्नै घर कोठामा प्रतिबन्धित लागुऔषध बिक्री वितरण गरिरहेको अवस्थामा गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीको नेतृत्वमा खटिएको टोलीले लागुऔषध डाइलेक्स डिसी ६७ बोतल, नाइट्रोभेट ट्याब्लेट १६५ थानसहित साहलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्