भारतीय सञ्चारमाध्यमको गलत प्रचार गरेकोप्रति नेपाल पत्रकार महासंघको आपत्ती – Kanika Khabar
Friday, May 1Nepali News Portal

भारतीय सञ्चारमाध्यमको गलत प्रचार गरेकोप्रति नेपाल पत्रकार महासंघको आपत्ती

    मा प्रकाशित

कनिका संवाददाता
असार २५, काठमाडौं

भारतको टेलिभिजन च्यानल जी टिभीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनिया राजदूत होउ यान्छीमाथि बनाएको रिपोर्टमाथि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । जी न्यूजको प्रचार असत्य भ्रामक र कपोलकल्पित भएको महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ । भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लो स्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक रहेको र यो पित पत्रकारिताको नमूना हुनुका साथै प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको महासंघको ठहर छ ।

यस्तो अनर्गल र बकवासपूर्ण कदमको महासंघले भत्र्सना गरेको छ । महासंघले प्रधानमन्त्रीविरुद्ध भारतीय सञ्चारमाध्यमबाट संप्रेषण भएका झूठा र आक्षेपपूर्ण समाचारको सम्बन्धमा कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिन कडा कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक सूर्य थापाले पनि केही भारतीय मिडियाले पत्रकारिताबाहेक अरु थोकमात्र गरिरहेको बताउनुभएको छ । यस्ता आधारहीन सम्प्रेषणले नेपालमा कुनै अर्थ नराख्ने भन्दै जिम्मेवार पत्रकारिताका लागि यस्तो समाचार लज्जाको विषय हुने उहाँको भनाइ छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्