पार्टीको विवाद मिलाउन नेताहरूमा संयमता आवश्यक रहेको प्रधानमन्त्री ओलीको जोड – Kanika Khabar
Sunday, May 5Nepali News Portal

पार्टीको विवाद मिलाउन नेताहरूमा संयमता आवश्यक रहेको प्रधानमन्त्री ओलीको जोड

    मा प्रकाशित

कनिका संवाददाता
असार २७, काठमाडौं
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेताहरूमा संयमता आवश्यक रहेको बताउनुभएको छ । यो विवाद आन्तरिक मामिला भएको र यसलाई समाधान गर्ने जिम्मेवारी नेताहरुको भएको उहाँको टिप्पणी छ । बाढी, पहिरो र डुबानका कारण सिङ्गो मुलुक प्रभावित भएकोमा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले जनताको जीवन रक्षामा जुट्न सबैलाई आहृवान गर्नुभएको छ । हिजो साँझ एक भिडियो सन्देशमार्फत प्रधानमन्त्री ओलीले बाढी तथा पहिरोका कारण ३१ जनाले ज्यान गुमाउनुका साथै ३४ जना वेपत्ता भएको जानकारी दिनुभयो । वेपत्ताको उद्दार तथा राहतमा सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै उहाँले यसमा जुट्न सबैलाई अपील गर्नुभएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना माहामारीको जोखिम बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले यदि समुदायमा सङ्क्रमण फैलियो भने अवस्था भयावह हुने भएकाले सामाजिक दुरी अपनाउन, मास्क र स्यानिटाइजर प्रयोगमा विशेष ध्यान दिन नागरिकलाई अनुरोध गर्नुभयो । प्राकृतिक विपद्का यी सबै आयमहरूको सामना गर्दै सरकार राष्ट्रियता र सार्वभौसत्ताको सुरक्षाका लागि पनि दृढ भएर लागेको प्रधानमन्त्री ओली आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्