सरकारलाई लेखा समितिको निर्देशन : एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक – Kanika Khabar
Friday, June 26Nepali News Portal

सरकारलाई लेखा समितिको निर्देशन : एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक

    मा प्रकाशित

काठमाडौँ, २० मङ्सिर ।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारलाई दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको सेयर खरिद बिक्रीका सम्बन्धमा ४८ घण्टाभित्र आफ्नो धारणा सार्वजनिक गर्न निर्देशन दिएको छ । समितिले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर स्वामित्व खरिद बिक्री प्रक्रियालाई यथास्थितिमा राख्न निर्देशन दिंदै ४८ घण्टाभित्र आफ्नो धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको हो ।

त्यस्तै, यो प्रकरणबारे ३० दिनभित्र विस्तृत अनुसन्धान र जाँचबुझ गरी आवश्यक कारबाही गर्न पनि सरकारलाई निर्देशन दिइएको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए। लेखा समितिको अब बस्ने बैठकमा प्रधानमन्त्रीलाई बोलाएर यस विषयमा जानकारी माग्ने पनि समितिले निर्णय गरेको छ ।

मलेसियन दूरसञ्चार कम्पनी आजियाटाले एनसेलमा रहेको सेयर बिक्री गर्नुपूर्व आधिकारिक रुपमा नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी नगराएको देखिएको समितिले उल्लेख गरेको छ। समितिले यो कारोबार अविश्वसनीय रहेको समेत ठहर गरेको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्