कनिका खबर
असार २८, दाङ ।
कहिलेकाहीँ अचम्म अचम्म खालका घटनाहरु घट्ने गर्दछन् । कुनै घटना रिल लाइफका जस्ता लाग्छन् तर ती कतिपय घटना रियल लाइफका हुन्छन् । यस्तै घटना घटेको छ नेपालमा ।
पाल्पामा मृत भनी दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिएपछि अचम्म लादो भएको हो । गुल्मी जिल्ला रुरु गाउँपालिका(५ बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ अर्चलेमा जीवित अवस्थामा भेटिएको रिडीमा बसोबास गर्दै आएका चुरामणि तिमिल्सिनाले बताए ।
गुल्मी निवासी भण्डारी हाल रुपन्देही जिल्लाको मणिग्राममा सपरिवार बसोबास गर्दै आएका थिए । श्यामशरण घरमा पुग्दा परिवार र आफन्तहरुको भीडभाड थियो ।
केही दिनअघि रुरु गाउँपालिकास्थित कालीगण्डकी नदी क्षेत्रमा पुरुषको लास भेटिएको थियो । पुरुषको लासलाई श्यामशरण लास भनी आफन्तले दाहसंस्कार गरेको आफन्तले जनाएका छन् ।
किरिया बसेको नौ दिनमा जीवित भेटिएपछि आफन्तहरु खुशी देखिएका छन् ।


