लोकसंस्कृतिमा अपाच्य शब्द र भद्दा दृश्य भित्रिदै : गायक खाँड – Kanika Khabar
Friday, May 17Nepali News Portal

लोकसंस्कृतिमा अपाच्य शब्द र भद्दा दृश्य भित्रिदै : गायक खाँड

    मा प्रकाशित

निरला अर्याल
दाङ, २६ माघ।
लोकप्रिय तथा चर्चित लोक गायक रामजी खाँडले लोकसंस्कृतिमा अपाच्य शब्द र भद्दा दृश्यले समाजमा विकृति पैदा गरेको बताउनु भएको छ
। चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको आयोजनामा भएको कार्यक्रममा बोल्दै गायक खाडले समाजमा भएको विकृति विसंगति रोक्न सञ्चार माध्यमको भूमिका प्रमुख हुने बताउनुभयो । उहाँले भन्नुभयो, `पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले लोक संस्कृति भित्र मौलिकपना हराउँदै गएको छ ।´
चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष के.सी.को अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रममा बोल्दै खाडले नेपाली कला संगीतभित्र अराजकता भित्र्याउनेहरुलाई सञ्चार माध्यमले महत्व दिएन भने आफै विलीन हुँदै जाने बताउनु भयो ।
`विगत र वर्तमानको कला संस्कृतिमा धेरै अन्तर हुँदै आएको छ । एक दशक अघिको लोक संस्कृति र अहिले वर्तमान अवस्थाको लोक संस्कृति पृथक हुँदै गएको छ ।´ उहाँले भन्नु भय, `पहिला हामीले कति दुःख गर्थ्यो तर अहिले हेर्नुहोस् सामाजिक सञ्जाल हेरे पुग्छ ।´

नेपाली कला संस्कृति मौलिकपन र लोक संस्कृतिलाई बचाउन चलचित्र पत्रकारसँगले गरेको काम प्रति खुसी ब्यक्त गर्नु भयो । पहिलो पटक चलचित्र पत्रकार संघको आयोजनामा कार्यक्रममा उपस्थित भएको समेत बताउनु भयो। कार्यक्रममा रिपोर्ट्स क्लव दाङ का अध्यक्ष्य शरद रेग्मी , महासचिव विमल गौतम लगायत अन्य व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार संघ दाङको सचिव निरला अर्यालले गर्नुभएको थियो।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्