कोभिड १९ को सङ्क्रमणबाट निको हुनेको संख्या बढ्दै – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

कोभिड १९ को सङ्क्रमणबाट निको हुनेको संख्या बढ्दै

    मा प्रकाशित

कनिका खबर
असार ३०, दाङ ।
पछिल्लो समयमा कोरोना सङ्क्रमितहरु निको हुने क्रम बढेर जान थालेको छ । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या हरेक दिन बढिरहेको छ । सङ्क्रमितको संख्याभन्दा मुक्त हुनेको संख्या हरेक दिन दोब्बरले बढेको देखिन्छ ।
हिजो सोमबारसम्म सङ्क्रमणमुक्त हुनेको संख्या १० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा एक हजार सात सय पाँच जना सङ्क्रमित निको भएर घर फर्किएसँगै निको हुनेको सङ्ख्या १० हजार दुई सय ९४ पुगेको हो । गत २४ घण्टामा थप एक सय ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १६ हजार नौ सय ४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्ममा पाँच जिल्ला कोरोनामुक्त भएका छन् । धनकुटा, भोजपुर, हुम्ला, मुस्ताङ र मनाङ कोरोनामुक्त भएका हुन् । हालसम्म कोरोना भाइरसका कारण प्रदेश दुईमा चार, बागमती प्रदेशमा नौ, गण्डकी प्रदेशमा पाँच, प्रदेश पाँचमा १०, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा पाँच जनाको मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्