समाजवादी मोर्चा तुलसीपुर नगर समिति घोषणा – Kanika Khabar
Monday, May 13Nepali News Portal

समाजवादी मोर्चा तुलसीपुर नगर समिति घोषणा

    मा प्रकाशित

तुलसीपुर, २९ फागुन ।

समाजवादी मोर्चा, नेपाल तुलसीपुर नगर समिति गठन भएको छ । मोर्चाको नगरस्तरीय घोषणासभाबाट मोहन थापाको अध्यक्षतामा १२ सदस्यीय नगर समिति घोषणा गरिएको हो ।

जसको सदस्य सचिवमा अमर नेपाल ‘माइकल’ तथा सदस्यहरुमा मिनराज ओली, जीवन सी, रुद्र सी, शिव सी, जगदीश देवकोटा, रमा भण्डारी, मदन केसी, गिता देवकोटा, दोषबहादुर महतारा र सुकराम विक रहनुभएको छ ।

जगदीश देवकोटाको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय निर्वाचन आयोग प्रमुख कुवेर ओली, बिशिष्ठ अतिथिहरु माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज निर्मल आचार्य, नेकपाका केन्द्रीय सदस्य सम्झना सी, माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार शेषुराम भण्डारी, नेकपाका केन्द्रीय सदस्य प्रदीप सी, केन्द्रीय सल्लाहकार सुन्दर सी, रामबहादुर दहित, प्रेम बक्स मियाँ, विकास सी, नेकपा एकीकृत समाजवादीका जिल्ला सहइञ्चार्ज अनारकली मियाँलगायतले बोल्नुुभएको थियो । माओवादी केन्द्रका नगर अध्यक्ष खुशीराम चौधरीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा मोर्चा सम्बद्ध नेकपा माओवादी केन्द्र, नेकपा, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समावादीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्