धादिङ अस्पतालमा गर्भवतीको शल्यक्रिया सुरु – Kanika Khabar
Monday, April 29Nepali News Portal

धादिङ अस्पतालमा गर्भवतीको शल्यक्रिया सुरु

    मा प्रकाशित

कनिका संवाददाता
असार ३०, धादिङ
विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाइरस (कोभिड १९) का कारण देशभरका जनजीवन कष्टपूर्ण बनिरहेको समयमा धादिङ अस्पतालले जोखिम मोलेर ४ जना सुत्केरीको शल्यक्रिया गर्न सफल भएको छ ।

प्रशव पीडामा सुत्केरी गराउन आएकी धादिङ ज्वालामुखी गाउँपालिका ६ की २८ बर्षीय महिला, ज्वालामुखी १ की २० बर्षीय महिला, नीलकण्ठ नगरपालिका ८ की २२ बर्षीय महिला र आरुघाट २ गोरखाकी ३१ बर्षीय महिला गरी ४ जना गर्भवती महिलाको सफल सल्यक्र्रिया गरेको धादिङ अस्पतालका सूचना अधिकारी बिक्रम विकले जानकारी दिनु भयो । सुत्केरी महिलाहरुको जटिल अबस्था आएपछि आमा र बच्चाको ज्यान जोखिम मोलेर शल्यक्र्रिया गरिएको थियो । हाल सुत्केरी महिला र शिशुको अवस्था सामान्य रहेको विकले बताउनुभयो ।

डा. रन्जन सिंह राठोरको नेतृत्व र डा. रामचन्द्र रिजाल, लेख बहादुर श्रेष्ठ ,मनकुमारी श्रेष्ठ, श्याम गोम्जा, मेरी तामाङ, लगाएतको सहभागितामा शल्यक्रिया गरिएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्