दाङ, २८ चैत ।
नेपाली काङ्ग्रेस दाङ जिल्लाको दोस्रो जिल्ला सम्मेलनको अवसरमा आयाेजित रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।
आज पार्टी कार्यालय घाेराहीमा आयाेजित कार्यक्रममा एक सय १५ जनाले रक्तदान गरेका हुन् ।
एक सय प्रन्ध जना रक्तदाता मध्ये अठासी जना नयाँ रक्तदाता रहेका छन् । रक्तदान नेपाल रेडक्रस सोसाईटी घोराहीको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।
नेपाली काङ्ग्रेस दाङको अयोजनमा तथा नेपाल विद्यार्थी संघ दाङको व्यवस्थापनमा रक्तदान कार्यक्रमकाे आयोजना गरिएको थियाे ।
नेपाली काङ्ग्रेसको दोस्रो जिल्ला सम्मेलन चैत २९ गते ( भोलि बिहीबार ) हुँदै छ । सम्मेलनलाई काङ्ग्रेसका केन्द्रीय सदस्य नेता डा. शेखर कोइरालालगायतका नेताहरुले सम्बोधन गर्ने भएका छन् ।