मा प्रकाशित
एसिसी प्रिमियर कप अन्तर्गतको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ । नेपालले कतारविरुद्ध २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको हो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै अविजित ६४ रन बनाएका थिए । दिपेन्द्रले १९ बलमा अर्धशतक पूरा गरेका थिए । दिपेन्द्रले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए ।
त्यस्तै असिफ सेखले ५२ रन बनाए भने कुशल मल्लले ३५, कप्तान रोहित पौडेलले १८, कुशल भुर्तेलले १२ सन्दीप जोराले ७ र गुलशन झाले ५ रन बनाएका थिए ।