दाङमा आगलागी हुँदा दुई घर र एक गोठ नष्ट, एकजनाको मृत्यु – Kanika Khabar
Friday, May 17Nepali News Portal

दाङमा आगलागी हुँदा दुई घर र एक गोठ नष्ट, एकजनाको मृत्यु

    मा प्रकाशित

दाङ, ७ वैशाख ।
दाङमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको लमही नगरपालिका वडा नम्बर ९ तरुलियामा आगलागी हुँदा १ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ९ तरुलिया निवासी ८७ वर्षिय वीर बहादुर बोटे रहेका छन् ।

हिजो बिहीबार बेलुका ५ बजे स्थानीय वीरबहादुरको गोठबाट आगो सल्किएको थियो। गोठमा सल्किएको आगोले वीरबहादुरको घरसम्म पुगेको थियो ।

आगो घरमा सल्किरहेको समयमा वीरबहादुर पैसाको बाकस निकाल्न घरभित्र छिरेका थिए। पैसा लिएर निस्केपछि अन्य सामग्री निकाल्न पुनः घरभित्र छिरेका थिए।

मृतक वीरबहादुर बोटेको गोठबाट सल्किएको आगोले उनको एक घर हुँदै उनका भतिजा पर्ने हुकुमबहादुर बोटेको एक घर गरि दुई घर एक गोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लाल बहादुर श्रेष्ठले जानकारी दिए । आज अपरान्ह ३ बजेको समयमा एक्कासी आगलागी भएको थियो । आगलागीबाट तीन वटा घर गोठ जलेर नष्ट भएका छन ।

लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्