महोत्तरी जिल्लाकै प्रसिद्घ श्रावणी मेला यस वर्ष नलाग्ने – Kanika Khabar
Tuesday, May 26Nepali News Portal

महोत्तरी जिल्लाकै प्रसिद्घ श्रावणी मेला यस वर्ष नलाग्ने

    मा प्रकाशित

राधा कृष्ण शर्मा,
साउन २, महोत्तरी
महोत्तरी जिल्लाकै प्रसिद्घ श्रावणी मेला यस वर्ष नलाग्ने भएको छ । बर्दिवास नगरपालिका वडा नं. ५ टुटेश्वरमा रहेको प्रसिद्घ महादेव मन्दिरमा प्रत्येक वर्ष साउनको हरेक सोमबार श्रद्घालू भक्तजनहरूको घुइँचो लाग्ने टुटेश्वर श्रावणी मेला यो वर्ष नलाग्ने भएको हो ।

श्रावणी मेला नलगाउन भनि जिल्ला प्रसाशन कार्यालय महोत्तरीले बर्दिवास नगरपालिकालाई गरेको परिपत्र अनुसार यस वर्षको श्रावणी मेला रोकिएको हो । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण यस वर्ष मन्दिरमा जल चढाउने, दर्शन गर्ने, बजार तथा मेला लगाउने जस्ता गतिबिधि नगर्न जिल्ला प्रसाशन कार्यालय महोत्तरीले गरेको परिपत्रमा उल्लेख छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्