मौसम अपडेट: अझैं चार दिन मुलुकभर भारी वर्षाको सम्भावना – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

मौसम अपडेट: अझैं चार दिन मुलुकभर भारी वर्षाको सम्भावना

    मा प्रकाशित

कनिका खबर
साउन ४, दाङ ।
अझैं चार दिन मुलुकभर भारी वर्षाको सम्भावना रहेको छ । आजदेख यही साउन आठ गतेसम्म देशभरका सबै ठाउँमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो ।
वर्षा सामान्यदेखि भारीसम्मको हुने र तराईका अधिकांश स्थानमा बाढी तथा डुबानको समस्या देखिन सक्ने भन्दै सचेत रहन विभागले आग्रह गरेको हो ।
पहाडी भेगमा पनि बाढी र पहिरोको समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको हो । नेपालमा मनसुन सुरु भए यता एक महिनाको अवधिमा बाढी र पहिरोबाट भने एक सय १ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गएको जेठ ३१ यता बाढी र पहिरोबाट सिन्धुपाल्चोक, कास्की तनहुँ, जाजरकोट, लमजुङ, दैलेखलगायतका जिल्लामा गरी एक सय एक जनाको मृत्यु भएको जनाएको हो । प्राधिकरणका अनुसार हालसम्म ५१ जना बेपत्ता भएका छन् भने ४९ जना घाइते भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्