भर्खर मात्र एसइइईको रिजल्ट सार्वजनिक भएको छ । विद्यार्थीहरु वितगको वर्षभन्दा यस वर्ष कम उर्तीण भएका छन । विद्यार्थी के पढने, कहाँ पढने दुविधामा देखिन्छन् । विद्यार्थीहरु कोही साइन्स कोही व्यवस्थापन पढ्ने भन्नेमा चासो र चिन्ता देखिएको बेला लुम्बिनी प्रदेशको प्राविधिक शिक्षा क्षेत्रको ठुलो संस्था २०६५मा स्थापना भएको लुम्बिनी प्रदेशको राजधानी दाङमा स्थापित यस राप्ती इञ्जिनयिरिङ कलेज व्यवस्थापन समितिका अध्यक्ष/प्रबन्ध निर्देशक, प्राज्ञिक, बौद्धिक एवम् सामाजिक व्यक्तित्व डा.भीमसेन गिरीसँग कनिका खबर अनलाइनले गरेको कुराकानीको सम्पादित अंश ( सम्पादक)
प्राविधिक शिक्षा भन्नाले के बुझिन्छ ?
सर्वप्रथम कनिका खवर डट कम अनलाइन र यहाँहरुलाई हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्न चाहन्छु । कुनै प्रविधिसँग सम्बन्धित भएर गरिने सीपयुक्त ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्य अर्थमा शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु र केही सिक्ने भन्ने हुन्छ । प्राविधिक शिक्षा भनेको विद्यार्थीलाई विभिन्न आधुनिक उपकरणको माध्यामबाट रचनात्मक, सिर्जनात्मक कार्य गराई प्रदान गरिने सीपमलक र उत्पादनमुलक शिक्षा हो । कुनै पनि कार्यलाई प्रविधिबाट सिकाउने शिक्षा प्राविधिक शिक्षा हो । यो परम्परिक शिक्षाभन्दा फरक हुन्छ । प्राविधिक शिक्षाले आफ्नो क्षमता र योग्यता अनसार काम गर्ने व्यवहारिक ज्ञान र कौशल प्रदान गर्दछ । अर्को शब्दमा भन्दा प्राविधिक शिक्षा भनेको मानव जीवनलाई आवश्यक पर्ने भौतिक सुविधाहरु परिपूर्ति गर्ने विज्ञानका साथै प्रविधिबाट उत्पादन र उत्पादकत्व वृद्धि गरेर भौतिक सुविधा भौतिक तथा सामाजिक आवश्यकताहरु परिपूर्ति गर्ने शिक्षा प्राविधिक शिक्षा हो ।
दाङमा इञ्जिनियरिङ क्याम्पस सञ्चालन गर्नुको कारण के होला ?
यस क्षेत्रमा प्राविधिक शिक्षा प्रदान गर्ने कलेजहरु नभएको अवस्थामा यहाँको शैक्षिक, आर्थिक, सामाजिक, सांस्कृतिक, जीवनस्तर उच्च राख्नुका साथै यो क्षेत्रको भौतिक पूर्वाधार विकास गर्नका लागि दक्ष प्राविधिक जनशक्तिको आवश्यकता महसुस गरियो । प्राविधिक जनशक्ति परिपूर्ति र रोजगारीको अवसर सिर्जना गरी आर्थिक उन्नति गरी जीवनस्तर परिवर्तनका लागि मुख्य उद्देश्य राखेर कलेजको स्थापना गर्न सोचको विकास हुनुको साथै प्राविधिक शिक्षा विकास गरेका विश्वका अधिकांश देशले रोजगारी सिर्जना गर्न सफल भएका छन् । त्यसैले रोजगारी सिर्जना गर्न हामीले पनि प्राविधिक शिक्षामा जोड दिनुपर्छ र विद्यमान बेरोजगारी समस्या हल गर्न सकिन्छ भन्ने लागेर २०६५ सालमा घोराही उपमहानगरपालिका वडा नम्बर १६ शक्तिटोलमा यस राप्ती इञ्जिनियरिङ कलेजको स्थापना गरिएको हो ।
यस कलेजमा के कस्ता विषयको अध्ययन गर्न सकिन्छ ? त्यसका लागि आवश्यक योग्यताका बारेमा पनि स्पष्ट पारिदिनुहोस् न ?
यस कलेजमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् अन्तर्गतका १८ महिनेतर्फ कार्यक्रमहरु प्रि– डिप्लोमा तर्फ सिभिल, इलेक्ट्रिकल, सर्वे (अमिन) इञ्जिनियरिङ, डिप्लोमा तर्फ डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ विषयहरु अध्ययन गर्ने सकिन्छ । यी विषयहरु अध्ययन गर्नको लागि एसइईमा १.६ जिपिए लिएको हुनुपर्नेछ ।
यस्तै गरी पोखरा विश्वविद्यालय अन्तर्गत चारवर्षे व्याचलरका कार्यक्रमहरु बिई सिभिल, कम्प्यटर इञ्जिनियरिङ बिसिए र बिबिए कार्यक्रममा अध्ययन गर्न सकिन्छ । इञ्जिनियरिङ कार्यक्रमहरुमा भर्ना हुनका लागि माध्यामिक परिषद्को प्लस टु (कक्षा १२) साइन्समा फिजिक्स, क्यामेस्टी र म्याथ विषय अध्ययन गरेको हुनपर्ने र २ जिपिए वा ४५ प्रतिशत अंक लिएर पास गरेको हुनु पर्नेछ । बिसिए कार्यक्रमको लागि प्लस टु साइन्स, प्लस टु म्यानेजमेन्टमा एक सय पूर्णाङको विजनेस म्याथ वा कम्प्युटर पढेको हुनु पर्दछ र शिक्षा तथा मानविकी संकायमा १०० पूर्णाङको म्याथ हुनु पर्दछ भने बिबिए कार्यक्रमको लागि प्लस टुवा सो सरह उर्तीण गरी १.८ र जिपिए प्रत्येक विषयमा कम्तिामा डि ग्रेड वा ४५ प्रतिशत अंक प्राप्त गरेको हुनु पर्दछ ।
मोफसलमा विगत लामो समयदेखि सञ्चालन हुँदा यस कलेजका उपलब्धिहरु के के रहेका छन् ?
कलेज स्थापनादेखि हालसम्म आउँदा कलेजका केही उपलब्धीहरु रहेका छन् । ती उपलब्धिहरु मध्ये भन्नै पर्ने खालकालाई यहाँ प्रस्तुत गर्ने छु । कलेजले पोखरा विश्वविद्यालय तर्फ कलेज स्थापनाको पहिलो ब्याच सिभिल इञ्जिनियरिङ तर्फ २०११–०१५ र बिसिए तर्फ तेश्रो २०१३–०१७ ले क्रमशः इञ्जिनियरिङ संकाय प्रथम र गोल्ड मेडल प्राप्त गर्न सफल भएका थिए । पछिल्लो वर्षहरुमा डिन लिस्टमा पर्नेहरुको संख्या पनि रहेको छ । डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ तर्फ नेपाल प्रथम समेत भएका छन् । कलेज अन्तराष्ट्रिय स्तरको ISO 9001:2015 सर्टिफिकेट प्राप्त गरेको छ । २०२२ मा अन्तराष्ट्रिय स्तरको उत्कृष्ट इञ्जिनियरिङ कलेज अवार्डबाट पुरस्कृत भएको छ । संयुक्त अरब इमिरेट्रस (युएई)को दुबईमा आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको थियो ।कलेजको महत्वपुर्ण उपलब्धि भनेको पढाइ पूरा गरेका ९० प्रतिशत विद्यार्थी रोजगारीमा रहेका छन् ।
विश्वबजारमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न कलेज सक्षम छ त ?
कलेजबाट उत्पादन भएको जनशक्ति अहिले लोक सेवा आयोगले लिने परीक्षामा सफल भएर नेपाल सरकार अन्तर्गत संघ प्रदेश र स्थानीय निकायमा कर्मचारीको रुपमा कार्यरक्त रहेका छन् । केही सरकारी क्याम्पस, सरकारी विद्यालयका प्राविधिक धार तर्फ र निजी स्कलमा समेत अहिले रोजगारीमा संलग्न रहेका छन् । कम्प्युटर इञ्जिनियरिङ अध्ययन गरेका विद्यार्थीहरुले घरमै बसेर विश्वबजारको काम गरिरहेका छन् । उनीहरुले सजिलैसँग महिनामा २ लाख देखि ५ लाख सम्म कमाइरहेका छन् । प्राइभेट कन्सल्टेन्सी खोलेर विभिन्न वित्तिय संस्थासँग र निर्माण कम्पनीमा इन्जिनियरको भुमिकामा कार्य गरिरहेका छन् । कन्सल्टेन्सी मार्फत रोजगारीको अवसर समेत प्रदान गरिरहेका छन् ।
कलेज सञ्चालनको लागि आवश्यक पर्ने स्रोत साधनको अवस्था कस्तो छ ?
घोराही उपमहानगरपालिका वडा नम्बर १६ स्थित सानीअम्बापुरमा कलेजको आफ्नै एक विगाहा क्षेत्रफलमा फैलिएको जग्गामा निर्माण भएका भौतिक संरचमनामा कलेज सञ्चालन भइरहेको छ कलेजमा विद्यार्थीहरुलाई शिक्षण सिकाइका लागि आवश्यक पर्ने कोठा, विषयगत ल्यावहरु लाईव्ररी, प्रशासनिक भवन, वर्कसप र क्यान्टिनका लागि छुट्टाछुट्टै भवनको व्यवस्था गरिएको छ । कलेजमा आधुनिक सुचना प्रविधिका ल्यावहरु रहेको छन । विद्यार्थीहरुको चाहाना अनुसार बास्केटबल, भलिबल, टिटी, व्याटमिन्टन कोड लगायतका खेलकुद सम्बन्धी सामग्री तथा संरचनाहरु हामीले कलेजपरिसरमै व्यवस्था गरेका छौ । विद्यार्थीहरुको सुबिधाका लागि कलेज बसको समेत व्यवस्था गरेका छौ, भने हामीसँग व्यवस्थित पुस्तकालय छ । विद्यार्थीहरुको सुरक्षाको लागि सिसी क्यामरा समेत जडान गरिएको छ । शिक्षण सिकाइमा डिजिटल बोर्ड र प्रोजेक्टहरुको प्रयोग गरेर अध्यापन गराइन्छ । जसको कारण विद्यार्थीहरुले सजिलोसंग विषयवस्तुको ज्ञान प्राप्त गर्न सक्छन् । हरेक कक्षा प्रोजेक्टरको व्यवस्था मिलाएको छ । अनुसन्धानमा र प्रोजेक्टमा आधारित शैक्षिक क्रियाकलापलाई कलेजले जोड दिएको छ । भौतिक पूर्वाधारको हिसाबले कलेज लुम्बिनी प्रदेशकै उत्कृष्ट कलेज अन्तर्गत पर्दछ ।
कलेजमा शैक्षिक प्रशासनलाई व्यवस्थि गर्न र विद्यार्थीको चौतफी विकासको लागि के गरिरहनु भएको छ ?
कलेजको शैक्षिक कार्यलाई व्यवस्थित बनाउने उद्देश्यले विभिन्न विभाग तथा शाखाहरुको व्यवस्था गरिएको छ ।कलेजमा संचालन भएका कार्यक्रम अनुसारका विभाग र विभागीय प्रमखको व्यवस्था गरिएको छ भने शैक्षिक प्रशासन, लेखा,परीक्षा, रोजगार तथा परार्मश,रिर्सच म्यानेजमेन्ट सेल,सुचना तथा प्रविधिशाखा रहेका छन् । त्यसै गरी विद्यार्थी व्यक्तित्व, नेतृत्व र चौर्तफी विकासको लागि कलेजमा आइसिटी क्लव, सुचना तथा साहित्यिक मञ्च, रेक स्वतन्त्र विद्यार्थी युनियन, लायन्स क्लव अफ राप्ती इञ्जिनियरिङ,लियो क्लव अफ राप्ती इञ्जिनियरिङ, क्वालिटी सर्कल अफ राप्ती इञ्जिनियरिङ सिभिल सोसाइटी क्लव, स्पोट क्लव गठन गरी यी क्लव मार्फत विद्यार्थीहरुले गतिविधिहरु सञ्चालन गरिरहेका छन् ।
सम्बन्धन प्राप्त कार्यक्रममा विद्यार्थीहरुको अवस्था कस्तो रहयो ?
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सानोठिमी भक्तपुरबाट २०६५ सम्बन्धन प्राप्त गरी डिप्लोमा इन कम्प्युटर ईञ्जिनियर कार्यक्रम सञ्चालन भएको हो । कलेजले २०६६ सालमा पोखरा विश्वविद्यालयबाट २०६६ सालमा पोखरा पोखरा विश्वविद्यालयबाट विसिए कार्यक्रम र २०६८ सालमा थप कार्यक्रम विई सिभिल र विई ईलेक्ट्रिकल एन्ड कम्युनिकेसन सम्बन्धन प्राप्त गरी सञ्चालन गरिरहेको छ । कलेजले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सानोठिमी भक्तपुरबाट २०७१ मा १८ महिने प्रि– डिप्लोमा इन सिभिल, इलेक्ट्रिकल, सर्वे (अमिन) इञ्जिनियरिङ जस्ता कार्यक्रम सम्बन्धन प्राप्त भई कलेज सञ्चालनमा रहेका छन । हाल सम्म कलेजमा डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ तर्फ ५३५ जना १८ महिने प्रि– डिप्लोमा इन सिभिलमा २०८ जना इलेक्ट्रिकल १५४ जना सर्वे (अमिन) २०८, विसिए तर्फ १३२ र सिभिल इञ्जिनियरिङमा ४२३ जनाले अध्यापन गरेका छन ।
कलेजको सर्वेक्षणमा कलेजबाट उत्पादन भएका जनशक्तिको अवस्था के रहेको छ ?
कलेजबाट उत्पादित भएको जनशक्तिको अवस्था अत्यन्तै राम्रो रहेको छ । नेपाल सरकार अन्तर्गत संघ, प्रदेश र स्थानीय तहमा लोक सेवा उर्तीण गरी सरकारी सेवामा प्रवेश गरेका छन । सरकारी कलेज, आंगिक कलेज सरकारी विद्यालय, निजी विद्यालय, भूमि आयोगमा, प्राइभेट कन्सल्याटेन्सी तथा गैर सरकारी निकायमा समेत कार्यरत्त रहेका छन् । केही उत्पादित जनशक्तिले स्वरोजगार संचालन गरेका छन । उत्पादित जनशक्ति मध्ये ९० प्रतिशत रोजगारीको अवसर प्राप्त गरेका छन् । लोक सेवाको अमिन पदमा संघ , प्रदेश र स्थानीय तहमा नाम निकाल्ने मध्येमा यस राप्ती कलेजमा अध्यापन गरेका नै रहेका छन् ।
आएको हो ।
यस कलेजको भावी लक्ष्य तथा योजनाहरु के के छन् ?
लुम्बिनी प्रदेशमा सबै भन्दा बढी प्राविधिक विषयका कार्यक्रमहरु सञ्चालन गर्ने लक्ष्यका लागि कलेजले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सानोठिमी भक्तपरबाट ३ वर्ष सिभिल इलेक्ट्रिकल, आक्टिक्चर बाली विज्ञान र वन विज्ञान कार्यक्रमलका लागि प्रस्तावना पेस गरी सम्भाव्यता अध्ययन समेत भएको छ र निकट भविष्यमा यी कार्यक्रमहरु सञ्चालन हुनेछन । यसैगरी पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विविए कार्यक्रम यसै शैक्षिक सत्रबाट सञ्चालन गर्नेको लागि भर्ना खोल्ने तयारीमा छाँै ।अनुसन्धानमा आधारित गुणस्तरीय सीपमुलक प्राविधिक शिक्षामा हाम्रो जोड हो । सीपयुक्त दक्ष जनशक्ति निर्माण गरेर राष्ट्रको विकास निर्माण र समृद्धिमा सहभागी गराउनु हो । प्रविधिसँग सम्बन्धित रोजगार मुलक जीवनोपयोगी र समाजोपयोगी खोज अनुसन्धानलाई अगाडि बढाउने विद्यार्थीहरुलाई प्राविधिक ज्ञानका साथ व्यवहारिक ज्ञान समेत सिकाई आचारण परिवर्तन ल्याउने, सिर्जनात्मक क्षमताको विकास गराउने, सीपको अभिवृद्धिमा जोड दिने यस कलेजलाई आधुनिक कलेजको रुपमा विकास गरी लैजान आगामी लक्ष्य रहेका छन् ।
अन्तमा थप केही छ भन्न पर्ने ?
प्रश्नका लागि धन्यबाद । राप्ती इञ्जिनियरिङ कलेज स्थापनापछि दाङ जिल्ला लगायत छिमिकी जिल्लाहरुले पनि प्रशस्त लाभ लिएका छन् । कलेज स्थापनादेखि हालसम्म आउँदा दाङ जिल्लाको हरेक क्षेत्रबाट जुन खालका माया सद्भाव प्राप्त भइरहेको छ । यसको लागि सम्पुर्णलाई धन्यवाद भन्न चाहान्छु । आगामी दिनमा पनि यहाँहरु सबै माया सदभावको अपेक्षा गर्दछु ।
यस कनिका खबर अनलाइनमार्फत आफ्ना कुरा र अनुभव राख्ने अवसर दिनुभएकोमा कनिका खवर अनलाइन परिवारलाई हार्दिक आभार व्यक्त गर्न चाहान्छु साथै शिक्षासँग कनिका खवर पत्रिकाको प्रगति र निरन्तरताको कामना गर्दछु ।


