तिलाठी कोइलाडी गाउँपालिका डुबानमा – Kanika Khabar
Wednesday, June 24Nepali News Portal

तिलाठी कोइलाडी गाउँपालिका डुबानमा

    मा प्रकाशित

कनिका खबर
साउन ४, सप्तरी
प्रदेश नम्बर २ को सप्तरी जिल्ला स्थित तिलाठी कोइलाडी गाउँपालिका हरेक वर्ष डुबानमा पर्दै आएको छ । यो वर्षपनि लगातारको पानीका कारण गाउँपालिका पुरै डुबानमा परिसकेको छ । आज पनि बिहान १० बजेदेखि निरन्तर पानी परिरहँदा गाउँपालिकामा पानीको स्तर बढ्दै गएको छ । गाउँमा पानीको निकास नहुँदा वर्षाकै पानीले गाउँ डुबानमा पर्ने गरेको गाउँपालिकाका स्थानीयको भनाइ छ ।

गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष लक्ष्मी प्रसाद खङ्गले सीआईएनसँग कुराकानी गर्दै गाउँपालिकामा बसोबास गर्ने ३५ हजार नागरिकलाई सुरक्षित स्थानमा कसरी राख्ने भन्ने विषयमा सरकारले नै कुनै ठोस नीति नबनाउँदा हरेक वर्ष यो समस्या भोग्नु परेको बताउनुभयो । गाउँपालिका नै डुबानमा पर्दा स्थानीयबासीलाई खान, बस्न लगायतको समस्या हुन थालेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्