मध्यपश्चिम अल्फा युथ क्लव गठन, अध्यक्षमा बुढा चयन – Kanika Khabar
Friday, April 17Nepali News Portal

मध्यपश्चिम अल्फा युथ क्लव गठन, अध्यक्षमा बुढा चयन

    मा प्रकाशित

घोराही,१९ साउन ।

दाङमा खेलकुद क्षेत्रको विकास,नयाँ प्रतिभा पहिचानसँगै सामाजिक गतिविधिहरु सञ्चालन गर्ने उद्देश्यले मध्यपश्चिम अल्फा युथ तथा खेलकुद क्लव गठन गरिएको छ ।

घोराहीमा शनिवार भएको खेलाडीहरुको भेलाले विभिन्न खेलकुदका विधाहरुलाई समेट्ने गरि प्रेम बुढाको अध्यक्षतामा १३ सदस्यीय क्लवको तदर्थ समिति गठन गरेको हो । तदर्थ समितिको बरिष्ठ उपाध्यक्षमा देबेन्द्रसिह ठकुरी, उपाध्यक्षमा लीलाधर बस्नेत, सचिवमा भीमसेन डाँगी, सहसचिवमा अमितसिंह ठकुरी र कोषाध्यक्षमा कृष्टिणा सुनार रहेका छन् ।

त्यसैगरी क्लवको सदस्यहरुमा मिनेश श्रेष्ठ, समिर सिद्धिकी, शिवराज गिरी, इमरान सिद्धिकी, बिजय बस्नेत,कल्पना सुनार र सुनिता सुनार रहेका छन् । भेलाले प्रशिक्षकका रुपमा क्रिकेट खेलबाट सन्जु केसी, बक्सिङ खेलबाट जीवन महरा, किक बक्सिङ खेलबाट पुष्पाकुमारी थापा,डव्लुटिएफ खेलबाट कविता नेपाली, आइटिएफ खेलबाट भीम थापा, भलिबल खेलबाट पवित्रा जिएम,कराते खेलबाट विशेष बुढामगर, उसु खेलबाट कमल कठ्यात, साइकलिङ रेसबाट ललित श्रेष्ठ र फुटबल खेलबाट जाबेद अख्तरलाई आवद्ध गरेको क्लवका सचिव भीमसेन डाँगीले जानकारी दिएका छन् ।

भेलामा मध्यपश्चिम अल्फा युथ तथा खेलकुद क्लवका अध्यक्ष बुढाले जिल्लामा खेलकुद क्षेत्रको विकास, खेलाडी पहिचान र सामाजिक विकासका लागि खेलकुदसँग सम्वन्धीत विभिन्न संघसस्था, स्थानीय सरकारल, निजी क्षेत्रलगायत सवैसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने बताएका छन् । भेलामा क्रिकेटका पूर्व खेलाडी देवेन्द्रसिंह ठकुरी, पत्रकार लीलाधर वलीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । भेलाको सहजीकरण सचिव भीमसेन डाँगीले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्