कनिका खबर
साउन ७, दाङ ।
भारतमा भारी बर्षापछि आएको बाढी पहिरोका कारण लाखौं मानिस प्रभावित भएका छन् । भारतको बिहार र आसामका जनता बाढी पहिरोको चपेटामा परेका छन् । आसामका ७० लाख मानिस बाढीको जोखिममा परेका छन् । त्यहाँ भारी बर्षा जारी रहेको र दर्जनौ गाउँ डुबानमा परेका छन् । बिहारको तीन जिल्लाका सयौं बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ । बिहारको छपरा, गोपालगंज, सिवान जिल्लाका सयौं घर डुबानमा परेका छन् । पश्चिम बंगालको नदीको सतह बढेर पानी बस्तीमा प्रवेश गर्दा त्यहाँका अधिकांश घर डुबानमा परेकाले सर्वसाधारणलाई उचित स्थानतर्फ सारिएको छ ।
मा प्रकाशित