सन्दीपलाई एक खेलमा प्रतिबन्ध, ३ ‘डिमेरिट प्वाइन्ट’ – Kanika Khabar
Friday, April 17Nepali News Portal

सन्दीपलाई एक खेलमा प्रतिबन्ध, ३ ‘डिमेरिट प्वाइन्ट’

    मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा टोलीका भरपर्दा लेगस्पिनर सन्दीप लामिछाने कारबाहीमा परेका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई आचारसंहिता विपरित हर्कत गरेको भन्दै कारबाही गरेको हो। क्यानले उनलाई एक घरेलु खेलमा प्रतिबन्ध लगाएको छ। त्यस्तै उनलाई तीन ‘डिमेरिट प्वाइन्ट’ दिइएको छ।

जय ट्रफी प्रतियोगिताका क्रममा सामाजिक सञ्जालबाट अम्पाएको निर्णयमाथि प्रश्न उठाएपछि क्यानले उनीमाथि कारबाही गरेको हो।

जय ट्रफी खेलका क्रममा अफिसियलले सन्दीपलाई अनुशासन उल्लंघन गरेको भन्दै ३ ‘डिमेरिट प्वाइन्ट’ दिएका थिए। सन्दीपले रेफ्रीको निर्णयविरुद्ध फिल्डमै प्रोटेस्ट गरेका थिए। तर, रेफ्रीले निर्णय नसच्याएपछि उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका थिए।

उनको हर्कत खेलाडी आचारसंहिता विपरित भएको भन्दै क्यानले सन्दीपलाई स्पष्टिकरण सोधेको थियो। सन्दीपको जवाफ पाएपछि क्यानले उनलाई कारबाही गर्ने निर्णय गरेको हो।

एक साताको समय दिइएको स्पष्टिकरणमा सन्दीपले जवाफ ढिला गरी पठाएका छन्। जवाफ पठाउनुको साटो उनले क्यानप्रति असन्तुष्टि जनाउँदै सन्न्यासको धम्की दिएर ब्ल्याकमेलिङमा लागेको क्यान स्रोतको आरोप छ।

क्यान स्रोत भन्छ, ‘अम्पायरको निर्णय चित्त नबुझेमा गुनासो गर्ने निकाय हुँदाहुँदै सार्वजनिक टिप्पणी गर्नु खेलाडीको आचारसंहिता होइन। उहाँ जत्तिको खेलाडीले नै नियम पालना नगर्ने हो भने अराजकता बढ्छ।’

क्रिकेट खेलाडी आचारसंहितामा अम्पायरको निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएमा एक म्याचको प्रतिबन्ध लाग्ने व्यवस्था छ। उनले घरेलु खेलमा आचारसंहिता उल्लंघन गरेकोले उनीमाथि घरेलु खेलमै प्रतिबन्ध लाग्ने स्रोतले बतायो।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्