कोभिड १९का बारेमा मत बाझ्यो – Kanika Khabar
Saturday, April 27Nepali News Portal

कोभिड १९का बारेमा मत बाझ्यो

    मा प्रकाशित

बैशाख १९ दाङ

कोरोना भाइरसको उत्पत्ति बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम र अमेरिकी गुप्तचर समूहको बिचमा मत बाझेको छ । अमेरिकी गुप्तचर समूहहरूले कभिड १९ रोग निम्त्याउने कोरोनाभाइरस “मानव निर्मित“ वा “आनुवंशिक रूपमा परिवर्तन गरिएको“ नभएको निक्र्यौल गरेका छन् । यद्यपि भाइरसको उत्पत्तिबारे उनीहरूले अझै जाँच गरिरहेका छन् ।

न्यास्नल इन्टेलिजेन्सका प्रमुखको कार्यालयले उक्त भाइरस जनावरको सम्पर्क वा प्रयोगशाला दुर्घटना केबाट सुरु भएको थियो भन्नेबारे निकायहरूले हेरिरहेको जनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको एउटा प्रयोगशालाबाट भाइरस निस्किएको भनेका थिए ।
‘डाइरेक्टर अफ न्यास्नल इन्टेलिजेन्स’को कार्यालयले कोभिड १९ को उत्पत्ति प्राकृतिक हो भन्ने बारे “वैज्ञानिकहरूको व्यापक सहमति रहेको बिहीवार बताएको छ । त्यस कार्यालयले अमेरिकी गुप्तचर निकायहरूलाई हेर्छ ।

“सङ्क्रमित जनावरको सम्पर्कमा आएर वा वुहानको एउटा प्रयोगशालाबाट दुर्घटना भएर यो भाइरसको उत्पत्ति भयो भन्ने सुनिश्चित गर्ने गुप्तचर निकायहरूले प्राप्त जानकारी र गुप्तचरी सूचनाका आधारमा परीक्षण गरिरहेका छन्,’’ इन्टेलिजेन्सले भनेको छ ।

यता बिहीवार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले आफ्नो सिद्धान्तमा बढावा दिएका छन् । पत्रकार सम्मेलनमा वुहान इन्स्टिच्युट अफ भाइरोलोजी नै यो भाइरसको उद्गमस्थल थियो भन्नेमा स्पष्ट पार्दै भने, “ विश्व स्वास्थ्य सङ्ठनलाई लाज लाग्नु पर्ने हो किनकि उनीहरू चीनको जनसम्पर्क निकाय जस्ता छन् ।’’

(समाचार एजेन्सीको सहयोगमा)

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्