लिला सिटौला प्रतिनिधि सभा सदस्य घोषणा – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

लिला सिटौला प्रतिनिधि सभा सदस्य घोषणा

    मा प्रकाशित

कनिका खबर
साउन १२, दाङ ।
निर्वाचन आयोगले जनता समाजवादी पार्टीको सिफारिसमा लिला सिटौलालाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित घोषणा गरेको छ । पार्टीका सांसद सरिता गिरीलाई ह्विप उल्लंघन गरेको भन्दै निस्काशन गरिएपछि रिक्त गरेको समानुपातिक तर्फ खस आर्य समूहमा सिटौलालाई पार्टीले सांसद चयन गरेको हो । नयाँ नक्सा संशोधनको पक्षमा पार्र्टीले मतदान गर्न दिएको निर्देशनको अवज्ञा गरेको भन्दै गिरीलाई पार्टीले कारबाही गरेको थियो । गिरीले आफूमाथि गरिएको कारबाही असंवैधानिक भन्दै सांसद पद खारेज नगर्न माग गर्दै सर्वोच्चमा अन्तरिम आदेश माग गर्नुभएको थियो । सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्