शेखर कोइरालाद्वारा काङ्ग्रेस नेता चैतुप्रति श्रद्धाञ्जलि व्यक्त – Kanika Khabar
Wednesday, June 24Nepali News Portal

शेखर कोइरालाद्वारा काङ्ग्रेस नेता चैतुप्रति श्रद्धाञ्जलि व्यक्त

    मा प्रकाशित


दाङ, ९ वैशाख ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा. शेखर कोइरालाले नेपाली काङ्ग्रेस दाङका पूर्व सभापति तीर्थराज ज्ञवाली चैतुको निधनमा दुःख व्यक्त गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । आज एक समवेदना पत्र सम्प्रेषण गर्दै नेता कोइरालाले दिवंगत आत्माप्रति श्रद्धाञ्जलि तथा परिवारजनप्रति समवेदना प्रकट गरेका हुन् ।

डा. कोइरालाले आज एक समवेदना पत्र सम्प्रेषण गरी समवेदना तथा श्रद्धाञ्जलि व्यक्त गरेका छन् । डा. कोइरालाले सम्प्रेषण गरेको समवेदना पत्रका साथै समवेदना प्रकट गर्न नेपाली काङ्ग्रेस दाङका कोषाध्यक्ष प्रकाश सुवेदी, जिल्ला सदस्यहरु रेख बहादुर वली, घना डिसी, सुशीला गुरुङ, केशरा पोख्रेल लगायत स्वर्गीय चैतुको निवासमा पुगेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्