तेस्रो राष्ट्रिय लेखक दिवस मनाइयो – Kanika Khabar
Wednesday, June 24Nepali News Portal

तेस्रो राष्ट्रिय लेखक दिवस मनाइयो

    मा प्रकाशित

दाङ, १६ वैशाख ।

नेपाली लेखक संघ दाङ शाखाले मंगलवार घोराहीमा कार्यक्रमको आयोजना गरेर तेस्रो राष्ट्रिय लेखक दिवस मनाएको छ ।

नेपाली लेखक संघ दाङ शाखका कार्यवाहक अध्यक्ष बमबहादुर डिसीको अध्यक्षता एवं नेपाली लेखक संघका पूर्व केन्द्रीय उपाध्यक्ष प्राज्ञ उत्तमकृष्ण मजगैयाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले लेखकहरु सदैव अभिव्यक्ति, विचार र लेखकीय स्वतन्त्रताको पक्षमा प्रतिबद्ध रहनुपर्ने बताएका थिए ।

वक्ताहरुले लेखकले समाजप्रतिको दायित्वलाई भुल्न नहुने र लेखकको माध्यमबाट नै देशमा ठूला–ठूला राजनीतिक परिवर्तन सम्भव भएको भन्दै लेखन परिवर्तनका पक्षमा हुनुपर्नेमा जोड दिएका थिए ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्राज्ञ उत्तमकृष्ण मजगैँयाले वर्तमान पुस्तामा पठन संस्कृतिको अभाव देखिन थालेकोमा चिन्ता व्यक्त गरेका थिए । उनले पठन संस्कृतिको विकास गर्दै लेखकीय क्षमता विकासका लागि सबै जागरुक हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, नेपाल प्रेस युनियनका लुम्बिनी प्रदेश अध्यक्ष तथा साहित्यकार डा. सुदीप गौतम,साहित्यकार गोविन्दप्रसाद न्यौपाने, सन्ध्या रेग्मी, कमला रिजाल, गोपाल भुसाल ‘अभिलासी’लगायतकाले आआफ्नो विचार राखेका थिए ।

कार्यक्रमको सहजीकरण नेपाली लेखक संघ दाङ शाखा सचिव गोविन्द पौडेलले गरेका थिए । नेपाली लेखक संघ २००८ सालमा ऋद्विबहादुर मल्ल, लेखनाथ पौड्याल, हृदयचन्द्रसिंह प्रधान, सिद्धिचरण श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा, विश्वेश्वरप्रसाद कोइराला जस्ता महान् हस्तिहरुको अगुवाईमा स्थापना भई समस्त लेखकहरुबिच ऐक्यबद्धता, सिर्जनशीलता, स्वतन्त्र चिन्तन र लेखनका पक्षमा निरन्तर कटिबद्ध रहेर विविध साहित्य कार्यहरु निरन्तर गर्दै आइरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्