दाङको तुलसीपुरमा जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ – Kanika Khabar
Saturday, May 2Nepali News Portal

दाङको तुलसीपुरमा जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ

    मा प्रकाशित

दाङ, २ जेठ ।
दाङको तुलसीपुरमा अबैध रुपमा जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । शुक्रबार दिउँसो तुलसीपुर उपमहानगरपालिका–५ न्युरोडस्थित मिन बहादुर घर्तीको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सल्यान कपुरकोट घर भई हाल तुलसीपुरमा बसोबास गर्दै आएका ४६ वर्षीय मिन बहादुर घर्ती, तुलसीपुर–६ का ५१ वर्षीय नर बहादुर शाही, ४० वर्षीय विष्णुप्रसाद नेपाली, ४३ वर्षीय डिलबहादुर नेपाली, ४८ वर्षीय ओमबहादुर थापा, तुलसीपुर–८ का ४४ वर्षीय निम बहादुर भण्डारी र ३७ वर्षीय विश्व डाँगी, तुलसीपुर–७ का ४२ वर्षीय प्रकाश भुसाल, तथा सल्यान बागचौर–४ घर भई हाल तुलसीपुरमा बस्दै आएका ४० वर्षीय शेरबहादुर घर्ती रहेका छन् ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाका अनुसार घटनास्थलबाट नगद ४६ हजार ६ सय ४५ रुपैयाँ र तीन गड्डी तास बरामद गरिएको छ ।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्