मास्क नलगाएका एक हजार जनालाई आर्थिक जरिवाना – Kanika Khabar
Monday, May 25Nepali News Portal

मास्क नलगाएका एक हजार जनालाई आर्थिक जरिवाना

    मा प्रकाशित

कनिका खवर
साउन १७, दाङ
जिल्ला प्रशासन कार्यालय काठमाडौंले मास्क नलगाई हिँड्ने एक हजार भन्दा बढीलाई एक सय रुपैयाँ जरिवाना तिराएको छ । मास्क नलगाई हिँडेका एक हजार भन्दा बढीलाई बन्दाबन्दी खुकुलो भए यता सङ्क्रमण रोग ऐन २०२० को दफा (२) बमोजिम एक सय जरिवाना लिन थालिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । पहिलो चारणको एक हजार प्रति रसिद सकिएर अर्को हजारप्रति रसिद प्रहरीलाई दिइसकिएको काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलले बताउनुभयो । सर्वसाधारणले अझै लापरबाही गरे संक्रमण रोग ऐन २०२० अनुसार कैद समेत गर्न सकिने पौडेलले बताए । सरकारले कोरोना रोकथाम र नियन्त्रणको लागि बाहिर हिँड्डुल गर्ने व्यक्तिले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने नियम लगाएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्