सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत, नाउपा सांसद कैलाश चौधरीको ‘फ्लोर क्रस’ – Kanika Khabar
Saturday, May 2Nepali News Portal

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत, नाउपा सांसद कैलाश चौधरीको ‘फ्लोर क्रस’

    मा प्रकाशित

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्।

गत असार २० गते नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले बिहीबार पुनः विश्वासको मत लिनुपरेको थियो।

५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत चाहिन्छ। मुख्यमन्त्री शाहले ३० जना सांसदको विश्वासको मत पाएका छन्।

नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११ जना र नाउपाका सांसद कैलाश चौधरीले शाहको पक्षमा विश्वासको मत दिए।

नेकपा (माओवादी केन्द्र)का १०, नेकपा एसका ३, राप्रपाका १ र १ जना स्वतन्त्र सांसद गरी १५ जनाले विपक्षमा मतदान गरे।

बैठकमा ४५ सांसद उपस्थित थिए।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्