विजया दशमी शिक्षा, संस्कार र सामाजिक सद्भावको पर्व : प्याब्सन दाङ – Kanika Khabar
Friday, October 23Nepali News Portal

विजया दशमी शिक्षा, संस्कार र सामाजिक सद्भावको पर्व : प्याब्सन दाङ

    मा प्रकाशित

दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङले विजयादशमी २०८२ का अवसरमा सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक र नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गरेको छ। प्याब्सन दाङले दशैंलाई केवल धार्मिक उत्सव नभई सामाजिक एकता, सांस्कृतिक संरक्षण र शैक्षिक मूल्यको पर्वका रूपमा आत्मसात गर्न सबैमा आह्वान गरेको छ।

प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपाने र सचिव आदिम केसीले संयुक्त सन्देशमा भनेका छन्, “विजया दशमी असत्य, अन्याय र नकारात्मक सोचमाथि सत्य, न्याय र सकारात्मक सोचको विजयको प्रतीक हो। यसले हरेक नेपालीमा आशा, उमङ्ग र आत्मबल भर्नुका साथै शिक्षा, संस्कार र सामाजिक सद्भावको महत्वलाई स्मरण गराउँछ।”

संस्थाले दशैंको अवसरलाई परिवार, विद्यालय र समाजबीच आपसी प्रेम, समझदारी र सहकार्य बढाउने अवसरका रूपमा प्रस्तुत गरेको छ। “टीका, जमरा र आशीर्वाद आदान–प्रदानले केवल परम्परागत उत्सवको मजा मात्र होइन, विद्यार्थी, शिक्षक, अभिभावक र समाजबीचको आत्मीयता र विश्वासलाई प्रगाढ बनाउँछ।” जारी सन्देशमा उल्लेख छ ।

प्याब्सन दाङले यस अवसरमा शिक्षा र संस्कारलाई सँगसँगै अघि बढाउँदै व्यक्तिगत, पारिवारिक र सामाजिक समृद्धितर्फ अग्रसर हुन सबैलाई प्रेरित गरेको छ। सन्देशमा भनिएको छ, “यस महान् पर्वले शिक्षक, विद्यार्थी र सम्पूर्ण नेपालीमा सकारात्मक सोच, सहकार्य र सामूहिक विकासको भावना जागृत गरोस्। प्रत्येक नेपाली परिवारमा शान्ति, स्वास्थ्य, खुशी र समृद्धि कायम रहोस् भन्ने हाम्रो हार्दिक शुभकामना छ।”

संस्थाले विजया दशमीको सन्देशलाई व्यवहारमा उतारेर समुदायमा सामाजिक सद्भाव, शिक्षा र संस्कारको मूल्यमान्यतालाई मजबुत बनाउने अवसरको रूपमा लिन सबैमा आग्रह गरेको छ। यस पर्वले नेपाली समाजमा राष्ट्रिय एकता, सांस्कृतिक पहिचान र साझा पहिचानको भावना अझ सशक्त बनाओस् भन्ने प्याब्सन दाङको विश्वास छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्