इलाममा पहिरोमा पुरिएर ११ जनाको मृत्यु – Kanika Khabar
Sunday, October 5Nepali News Portal

इलाममा पहिरोमा पुरिएर ११ जनाको मृत्यु

    मा प्रकाशित

इलाम । इलामका विभिन्न ठाउँमा गएराति गएको पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ ।

जिल्लाको इलाम नगरपालिका–६ र माइजोगमाइसहित विभिन्न ठाउँमा पहिरो जाँदा ११ जनाको मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार पहिरोले दुई घर पुरिँदा ११ जनाको मृत्यु भएको हो ।

घाइते र बेपत्ताको खोजी भइरहेको उनको भनाइ छ । रातको समयमा पहिरो गएकाले बिहानैदेखि उद्धार भइरहेको छ ।

इलामकै माङ्सेबुङ गाउँपालिका १ मा पहिरोपछि उद्धारमा कठिनाइ भएपछि इटहरीबाट हेलिकप्टर मगाइएको छ ।

प्रहरीका अनुसार इलाम नगरपालिका ५, घोसमा एकैघरमा ५ जनाको मृत्यु भएको छ। यता सन्दकपुर गाउँपालिका १, छाँगेमा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते छन्।

माइजोगमाई गाउँपालिका ६, प्याङमा एकैघरका ५ जना बेपत्ता भएका छन् भने सन्दकपुर गाउँपालिका ३, सुलुबुङमा एक बालिका घरसँगै बेपत्ता भएकी छन्।

माङ्सेबुङ गाउँपालिका १ मा १ गर्भवती र १ पुरुष गम्भीर घाइते भएका छन् भने फाकफोकथुम ३, आमचोकको रातमाटेमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ।

घटनाको थप विवरण आउन बाँकी छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्