मा प्रकाशित
काठमाडौं । अविरल वर्षाका कारण पहिरोमा परी तीन जिल्लाका विभिन्न स्थानमा २२ जनाको मृत्यु भएको छ ।
शनिबार र आइतबार पहिरोमा परी उदयपुर, रौतहट र इलाममा २२ जनाको मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
उनका अनुसार, पहिरोमा परी इलाममा मात्रै १८ जनाको मृत्यु भएको छ । सातजना बेपत्ता र ६ जनालाई उद्धार गरिएको घिमिरेले बताए ।
रौतहट तीनजनाको पहिरोमा परेर मृत्यु भएको छ । उदयपुरमा एकजनाको मृत्यु र २१ जना बेपत्ता छन् ।