अपडेट : बाढीपहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या ४९ पुग्यो – Kanika Khabar
Sunday, October 5Nepali News Portal

अपडेट : बाढीपहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या ४९ पुग्यो

    मा प्रकाशित

काठमाडौँ । पछिल्लो दुई दिनमा परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ४९ जना पुगेको छ ।

सशस्त्र प्रहरी बलको आइतबार दिँउसो साढे १ बजेसम्मको तथ्यांकअनुसार, इलाममा मात्रै ३७ जनाले ज्यान गुमाएका छन् । देशभर गरेर ४९ जनाले ज्यान गएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

इलाममा ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा १ र पाँचथरमा ६ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् ।

प्रहरीका अनुसार, इलाममा १ जना, बारामा १ जना, रसुवामा ४ र काठमाडौंमा १ जना बेपत्ता छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्