कोरोनाले गोसाइकुण्डमा भएन यस वर्ष मेला – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

कोरोनाले गोसाइकुण्डमा भएन यस वर्ष मेला

    मा प्रकाशित

कनिका खबर
साउन २०, नुवाकोट
कोभिड–१९ का कारण प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा यसवर्षको जनैपुर्णिमा मेला प्रभावित भएको छ । मेलामा सर्वसाधारणको उपस्थिति रहेन । रसुवाको सदरमुकाम धुन्चेदेखि एक दिनको पैदल यात्रापछि पुगिने गोसाइकुण्डमा प्रत्येक वर्षको गंगा दशहरा र जनैपुर्णिको दिन विशेष मेला लाग्ने गर्छ । तर, यस वर्षको जनैपुर्णिमाका अवसरमा मेला शुन्य भएको रसुवा प्रशासनले जनाएको छ । जनैपुर्णिमामा १० दिनसम्म लाग्ने धार्मिक मेला यस वर्ष औपचारिक रुपमा आयोजना भएन् । मेलामा नेपाली सेनाका पुजारीले पुजाविधि गरेर समापन गरिएको गोसाइँकुण्ड क्षेत्र व्यवस्थापन समितिले जनाएको छ । गोसाइँकुण्डमा वर्षको दुई पटक गंगादशहरामा दश दिन र जनैपूर्णिमाका अवसरमा विशेष मेला लाग्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्