दाङमा थपिए पाँच हजार बढी मतदाता – Kanika Khabar
Monday, May 11Nepali News Portal

दाङमा थपिए पाँच हजार बढी मतदाता

    मा प्रकाशित

घोराही, ८ मङ्सिर ।

दाङमा पाँच हजार बढी नयाँ मतदाताले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि नाम दर्ता गराएका छन् ।

जिल्लामा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुरु भएको गत असोज १० गतेदेखि मंसिर ५ गतेसम्म पाँच हजार दुईसय ८२ जना नयाँ मतदाता थपिएका हुन् ।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कवँरका अनुसार पाँच हजार दुईसय ८२ जनामध्ये दुई हजार नौसय १७ जना पुरुष र दुई हजार तीनसय ६५ जना महिला मतदाता थपिएका छन् । थपिएकामध्ये अधिकांश नयाँपुस्ता रहेको बताउनुभयो ।

सूचना अधिकारी कवँरका अनुसार बाह्य जिल्लाका चारसय २२ जना पुरुष र दुईसय एक जना महिलाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् । त्यसैगरी जिल्लामा एक हजार तीन बढी मतदाताले आफ्नो मतदाता नामावलीमा भएको त्रुटि सच्याउन निवेदन दिएका छन् ।

कार्यालयका सूचना अधिकारी कवँरका अनुसार तीनसय ९३ पुरुष र छ सय ११ महिला गरेर एक हजार चार जना ठाउँसारीका लागि र एकसय ९२ जना पुरुष र ९१ जनाले मतदाता नामावलीमा भएको त्रुटि सच्याउन निवेदन दिएका छन् ।

प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार यसअघि जिल्लामा चार लाख १६ हजार सातसय ३५ जना मतदाताको संख्या रहेको थियो । जसमा दुई लाख ११ हजार सात सय १६ जना महिला र दुई लाख पाँच हजार १७ पुरुष र दुई जना अन्य मतदाता रहेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्