कपिलवस्तु । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङ उत्कृष्ट जिल्लाका रूपमा सम्मानित भएकाे छ । आज साेमबार कपिलवस्तुमा आयाेजित एक कार्यक्रमका बिच प्याब्सन दाङ उत्कृष्ट प्याब्सनका रूपमा सम्मानित भएकाे हाे ।
प्याब्सन लुम्बिनी प्रदेशकाे दाेस्राे प्रदेश परिषद्ले प्याब्सन दाङलाई प्रदेशभर उत्कृष्ट कार्य सम्पादन गरेकाेमा उत्कृष्ट जिल्ला प्याब्सनका रूपमा सम्मान गरेकाे छ । लुम्बिनी प्रदेशमा १२ वटा जिल्ला प्याब्सन रहेका छन् । वर्षभरि जिल्ला प्याब्सनले गरेका कार्य सम्पादनका आधारमा प्याब्सन दाङलाई उत्कृष्ट जिल्ला प्याब्सनका रूपमा सम्मानित गरिएकाे थियाे ।


