भारतमा लगातार ११ औं दिन सम्म ५० हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि – Kanika Khabar
Tuesday, July 28Nepali News Portal

भारतमा लगातार ११ औं दिन सम्म ५० हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
साउन २४, दाङ
भारतमा लगातार ११ औं दिन ५० हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा हालसम्मकै धेरै कोरोना सङ्क्रमित एकै दिन फेला परेका छन् । पछिल्लो २४ घन्टामा ६१ हजार ५ सय ३७ जना नयाँ सङ्क्रमित फेला परेसँगै भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या २० लाख ८९ हजार ७ सय ७३ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा ९ सय ३३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ४२ हजार ६ सय २ जनाको मृत्यु भएको छ । कोरोना महामारीका कारण भारतको महाराष्ट्र, कर्नाटक, बिहार र आन्ध्र प्रदेश सबैभन्दा बढी प्रभावित बनेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्