हिमचुली स्कुलको छैटाैँ वार्षिकोत्सव – Kanika Khabar
Saturday, April 18Nepali News Portal

हिमचुली स्कुलको छैटाैँ वार्षिकोत्सव

    मा प्रकाशित

दाङ, घोराही । हिमचुली स्कुल को छैटौं  वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। बुधबार घोराही उपमहानगरपालिका वडा नम्बर १६ स्थित विद्यालयमा एक समारोहबिच वार्षिकोत्सव सम्पन्न भएको हो ।

प्रमुख अतिथि प्याब्सन दाङका सचिव आदिम केसीले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्दै समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। उनले हिमचुली स्कुलले छोटो समयमै शैक्षिक क्षेत्रमै उदाहरणीय प्रगति गरेको भन्दै प्रशंसा व्यक्त गरे।

“विद्यालय भनेको केवल पाठ्यपुस्तकको ज्ञान दिने थलो मात्र होइन, विद्यार्थीको चरित्र निर्माण, अनुशासन र नैतिक शिक्षाको आधार पनि हो,” केसीले भने, “हिमचुली स्कुलले शैक्षिक उत्कृष्टतासँगै संस्कारयुक्त शिक्षा प्रदान गर्न सफल भएको देखिन्छ।”

उनले शिक्षक, अभिभावक र व्यवस्थापन समितिको सहकार्यले मात्र शैक्षिक संस्थाको दिगो विकास सम्भव हुने बताउँदै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्न सबैलाई एकताबद्ध भएर लाग्न आग्रह गरे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति, विद्यार्थी सम्मान तथा प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो। अध्यक्ष अधिकारीले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास तथा विद्यार्थीको सर्वाङ्गीण विकासमा विद्यालयले गरेको प्रयासबारे प्रकाश पारे।

कार्यक्रमको सुरुवात शिक्षक जेमा शाहीको स्वागत मन्तव्यबाट गरिएको थियो। स्वागत मन्तव्यमा उनले विद्यालयप्रति अभिभावक र समुदायको निरन्तर सहयोगले संस्थालाई अघि बढ्न प्रेरणा मिलेको उल्लेख गरिन्।

कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वार्षिकोत्सव अवसरमा विद्यार्थीहरूले नृत्य, गीत तथा विभिन्न सृजनात्मक कार्यक्रम प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्