कांग्रेसको राष्ट्रिय सभाका सांसदहरुको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम हुदै – Kanika Khabar
Thursday, April 30Nepali News Portal

कांग्रेसको राष्ट्रिय सभाका सांसदहरुको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम हुदै

    मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले राष्ट्रिय सभाका वहालवाला र नवनिर्वाचित सदस्यहरूबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछ ।

काँग्रेस संसदीय दलका अनुसार उक्त कार्यक्रम आज दिउँसो २ बजे सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आयोजना गर्न लागिएको छ । कार्यक्रममा राष्ट्रिय सभाका हाल कार्यरत तथा हालै निर्वाचित सबै माननीय सदस्यहरूबीच परिचय, छलफल र अन्तरक्रिया हुने जनाइएको छ ।

गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा काँग्रेसका कोशी प्रदेशबाट सुनिलबहादुर थापा, मधेस प्रदेशबाट काँग्रेसका धमेन्द्र पासवान र रञ्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा  गण्डकी प्रदेशबाट जगत तिमिल्सिना, लुम्बिनी प्रदेशबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितजंग शाही र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती निर्वाचित भएका थिए ।

राष्ट्रिय सभामा काँग्रेस अब २५ सांसदसहित सबैभन्दा ठुलो पार्टी बनेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्